१९ चैत्र २०८१, बिहिबार
03-04-2025 , Thu
×

विद्यालयको जग्गा खाली गराउन मेयर यादवलाई बुझाए ध्यानाकर्षण पत्र

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ।

अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग कुरा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब दुई वर्ष भएको छ।तर,यो अवधिमा विद्यालयको अतिक्रमणमा परेका जग्गा खाली गराउन पटकपटक मेयर ज्यूलाई ध्यानाकर्षण गराएको सुनाए।’

विद्यालयको जग्गा असार १५ गतेसम्म खाली गराउनको लागि समय दिएको छ।यो अवधि भित्र खाली नभए आन्दोलनमा जाने नेता दिपेन्द्र तेथवारले मेयर यादवलाई चेतावनीसमेत दिएको छ।

मेयर विशेश्वर यादवलाई पटकपटक ध्यानाकर्षण पत्र बुझाएपनि विद्यालयको अतिक्रमणमा परेका जग्गा खाली गराउन अहिलेसम्म कुनै सुनवाइ नभएको स्थानीयहरुले बताउँछ ।

सार्वजनिक सम्पति सवैको साझा सम्पति हो भन्ने मूल्य मान्यतालाई स्वीकार गर्दै राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी ठानेर अतिक्रमणमा परेको विद्यालयको १ बिघा २ कट्ठा १६ धुर जग्गा अतिक्रमणमा परेको छ। सो जग्गा खाली गराउन सबैको धर्म रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]