०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरमा विद्यालयको जग्गा कब्जा गर्न खोजेपछि तनाव !

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।जनकपुरधामको शिवपुरमा अवस्था तनावग्रस्त बनेको छ । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता माविको करिब ३ कठ्ठा जमिनमा मुस्लिम समुदायले नमाजको लागि स्थल बनाउनुपर्ने अडानमा रहेका छन् । सो जमिनमा यसअघि नै मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट योगशिविर भवनको लागि बजेट आएकोमा मुस्लिम समुदायहरुले त्यहाँ भवन बन्न दिएनन् ।

भवन बन्न नदिएपछि मन्त्रालयका सचिव एवम् समाजसेवी समेत रहेका डा. प्रमोद कुमार यादवले आफ्नो नीजी ९ धुर जग्गा दिएर योगशिविर भवन बनाउने प्रयास गरेका थिए । सोही विद्यालयको जमिनको पछाडी रहेको डा. प्रमोदको जग्गामा योगशिविर बनाउने प्रस्ताव भएको थियो ।

सो जग्गा डा. प्रमोदले समाजिक हकहितको लागि दान दिएका थिए, तर त्यहाँसम्म पुग्न सोही विद्यालयको जग्गा भएर जानुपर्ने बाटो मात्र भएकोमा बाटो छुटयाउन भनेपछि मुस्लिम समुदायले विवाद उचालेको बताईएको छ ।

७ बर्षदेखि विवादित रहेको सो जग्गामा अदालतले मुस्लिम समुदायलाई दुई समय नमाज पढन अनुमति दिएको थियो । तर बाटो नलागेको अवस्थामा समाजिक रुपमै योगशिविर भवनसम्म आवतजावतको लागि बाटो छुटयाइदिन भनेपछि मुस्लिम समुदायले बलजोरी गरेपछि विवाद उत्पन्न भएको हो ।

योगशिविरको लािग सो जग्गा नदिएपनि कमसेकम बाटो दिनुपर्ने धारणा त्यहाँका समाजको थियो । तर, मुस्लिम समुदायले भने बाटो समेत नदिने अडान गरेपछि बाँकीका समुदायले प्रतिवाद गरेको जनाईएको छ ।

अहिले सो स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारीको कमाण्डमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । अवस्था अहिले तनावग्रस्त रहेको छ भने मिलाउने प्रयास भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]