०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेशको नीति तथा कार्यक्रम : प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २९, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा दुव्र्यवसनमा परेका युवाहरुमा सुधार ल्याउन विशेष जोड दिन लागेको हो ।

दुव्र्यवसनमा परेका युवाहरुलाई नशामुक्त गर्न प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापना गर्ने प्रदेश प्रमुख भण्डारीले घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘सर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागु औषध दुव्र्यवसन न्यूनिकरण गर्न विशेष नीति ल्याइनेछ,’नीति तथा कार्यक्रममा उल्लेख छ,‘लागु पदार्थको दुव्र्यवसनमा परेका युवाहरुलाई ओरल सवसिटियुसनल थेरापीसहितको प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापनिा गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]