जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले एमबीबीएस कार्यक्रमबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र रजिस्ट्रार डा.बिनोद यादवसंग छलफल गरेका हुन् ।
उपकुलपति डा. साहले भने, ‘छलफलका क्रममा मुख्यमन्त्री सिंहले जे सहयोग गर्नुपर्छ गर्छौं । तत्कालै एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्यो भन्नुभएको छ ।’
एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसंग अनुमती लिनुपर्छ र त्यसका लागि डकुमेन्ट पठाइसकेको उपकुलपति डा. साहले बताए । उनले भने, ‘२/४ दिनभित्रै आयोगका टोली निरीक्षणका लागि आउन सक्छ ।’
उनले मुख्यमन्त्री ज्यूले भौतिक संरचनासहित सबै कामका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने आश्वासन पनि दिएको बताए ।