०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेशका मुख्यमन्त्री संहको आश्वासन पछि संशोधन प्रस्ताव फिर्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ ३१, २०८१

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् ।

जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने आश्वासन दिएको हो ।

मुख्यमन्त्री सिंहले छुटेको योजनालाई समावेश पनि गर्ने बताए । नीति तथा कार्यक्रममा समय अभावको कारण धेरै बुंदा समावेश गर्न नसकिएको उनले प्रष्ट गरे । ‘समय पनि अभाव थियो । धेरै बुँदा राखेपछि छलफल गर्न पनि जटिल हुन्छ,’उनले भने,‘तर छलफलको क्रममा उठेको सुझाव र योजनालाई समावेश गर्नेछु ।’

मुख्यमन्त्री सिंहले आश्वासन दिएपछि सांसदहरुले नीति तथा कार्यक्रमाथि दार्ता गराएको संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्माले संशोधन प्रस्ताव दार्ता गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]