०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सिरहा वन डिभिजन पाले को दादागिरी, बालुवा चाल्ने माथि दुर्ववहार

Logo
प्रकाशित मंगलबार, आश्विन १४, २०७६

मनोज बनैता, लाहान । सिरहा वन डिभिजन कार्यालयका वन पाले ले लाहान स्थित खुट्टी खोलामा बालुवा चाल्दै गरेको गरिब मजदुर महिलाहरु माथि दुर्ववहार गरेको छ ।

सिरहा वन डिभिजन कार्यालय लाहानमा कार्यरत वन पाले तेजी लाल मण्डलले डिएफो को गाडी प्रयोग गरि रक्सीले मातिएको अवस्थामा ती मजदुरहरु सङ्ग दुर्ववहार गरेको सूचना प्राप्त भएको छ ।

वन कार्यालय का डिएफो सुभाष चन्द्र दासको गाडी प्रयोग गरि ती बन पाले ले मजदुरहरुको सामान खोसेका थिए । केही क्षणको नोकझोक पश्चात् लाहान प्रहरी घटना स्थलमा पुगेर माहौल शान्त गरेको थियो ।

डिएफो दासको अनुसार ती महिलाहरू प्रतिबन्धित ठाउँबाट बालुवा उत्खनन गर्न लागेपछी उनीहरूको बेल्चा खोसिएको थियो । दुर्ववहारको आरोपलाई उनले खन्डन गर्दै भने कि त्यस्तो आपत्तिजनक केही भएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]