०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बसमा सवार २२ वर्षीय युवतीलाई सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १४, २०७६

इटहरी । बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

जर्वरजस्ती करणीमा संलग्न मोरङ सुन्दरहरैँचा वडा नं. १२ का ३३ वर्षीय बस चालक बिकास कसाई, झापा सुरुङ्गा वडा नं. ४ का २२ वर्षीय सुरज थापा, सिरहाका २६ वर्षीय सुरेन्द भुजेल र बेलबारी वडा नं. ७ का आशिष कार्की पक्राउ परेका हुन्। घटनामा संलग्न रहेको आरोप लागेका बेलबारीका नितेश घिमिरे र सुमन मग्रान्ती फरार छन्।

बसका कन्डक्टर सुमन र पूराना कन्डक्टर नितेशले जर्वरजस्ती रक्सी समेत खुवाई युवतीलाई बसको पछाडिको सिटमा लगि बोल्न कराउन समेत नदिई सोही वसका स्टाफ तथा अन्य वसका स्टाफ मिलेर सामूहिक करणी गरेको इलाका प्रहरी कार्यालय इटहरीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बसमा स्टाफबाहेक युवती मात्रै सवारी भएको मौका पारेर जर्वरजस्ती करणी भएको इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जनाए। इटहरीको विराटलाइनमा रहेको साथी फूयँल पट्रोल पम्प नजिकै युवती बसबाट ओर्लन खोज्दा सामूहिक करणी भएको प्रहरीले जनायो।

प्रहरीले पाँच जनाले सामूहिक करणी गरेको र सो कार्य गर्न आशिषले सहयोग पुर्याएकोमा करणी सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]