जनकपुरधाम । वीरगन्ज महानगरपालिकाका दुई जना युवा नेता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय मध्य बानेश्वरस्थित पार्टी कार्यलयमा युवा नेता राकेश सिंह र मुना गुप्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
उनि दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको छ।
अध्यक्ष डा.राउतले युवा नेता सिंह र गुप्तालाई पार्टीको सदस्यता प्रदान गरेको हो।