०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

बजेट दुरुपयोगको नमूना : नदीमा सार्वजनिक दलान

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ सुुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण गरिएको सहजै देख्न सकिन्छ ।

त्यो दलान मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको हो । उक्त दलान नदीको मुहानमै निर्माण गरिएको छ । जसको कुनै औचित्य छैन । यस निर्माण कार्यले सरासर बजेटको दुरुपयोग गरिएको जोकोहीले पनि सहजै अनुमान लगाउन सक्छन् ।

यस्ता दलान र मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको पाइन्छ । स्थानीय पालिकाका वडा कार्यालयदेखि प्रदेश सरकारले समेत मन्दिर र दलान निर्माणमा लगानी गरेका छन् । अझ कतिपय मन्दिर र दलानमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन् । केही दलान र मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट निर्माण गरेको पाइएको छ ।

राज्यको लगानीमा निर्माण भएका यी मन्दिर र दलानहरु वर्षभरी प्रायः बन्द नै रहन्छन् । प्रदेश सरकारले मात्रै मन्दिर र दलानका नाममा बर्सेनी करोडौं रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि करोडौं रकम मन्दिर र दलानका नाममा छुट्याएको छ । यसअघिका वर्षहरुमा समेत प्रदेश सरकारले मन्दिर र दलानका नाममा यही हाराहारीको रकम खर्च गरेको पाइएको छ ।

वडा कार्यालयदेखि प्रदेश सरकारले मन्दिर र दलानका नाममा खर्च गरेको अधिकांश रकम दुरुपयोग भएको छ । कतिपय मन्दिर नै नभएको ठाउँमा बजेट खर्च भएको पाइएको छ भने कतिपय स्थानमा बिना काम लाखौंको लगानीमा दलानहरु निर्माण गरिएका छन् ।

स्थानीय अरुण कुमार मण्डलले भने, ‘सुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण कार्य गरि नेपाल सरकारको बजेट दुरुपयोग गर्नुका साथै मानव अधिकारको हनन्समेत गरिएको छ । सार्वजनिक दलानका लागि अधिकांश ऐलानी जग्गाहरु रहेपनि नदीको मुहानमै दलान बनाउनु बजेटको दुरुपयोगबाहेक अरु केही होइन ।’

उनले त्यस ठाउँमा दलान निर्माण नगर्द अदालतबाट निषेधाज्ञा जारी भएपनि त्यसको बेवास्ता गर्दै उपभोक्ता समितिका अध्यक्ष प्ुरुषोत्तम मण्डलले मन्त्रालयका कर्मचारीसँगको मिलोमतो र कमिशनको खेलमा नदीको किनारमा अवैधानिक तवरले रातारात दलान निर्माण गरेको आरोपसमेत लगाए ।

सेही वडाका वडाध्यक्ष लालबाबु यादवले यस निर्माण कार्यले स्थानीयलाई कुनै सहज नहुने बरु उल्टै कृषी क्षेत्रलाई असर गर्ने दावी गरेका छन् ।

उनले माटो परिक्षण नै नगरि चोरबाटोबाट उपभोक्ता समिति बनाएर दलान निर्माण कार्यलाई मूर्त रुप दिइएको जिकिर गरेका छन् । उनले सरकारी बजेट हिनामिना गर्ने उदेश्य निर्माण कार्य गरिएको र यसका लागि वडालाई पनि कुनै सोधखोज नगरिएकोप्रति आक्रोश व्यक्त गर्दै स्थानीयलाई तत्काल निर्माण कार्य रोक्न सहयोगका लागि अपिलसमेत गरेका छन् ।

यस सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष प्ुरुषोत्तम मण्डलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]