२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

योगाभ्यासलाई निरन्तता दिन मुख्यमन्त्री सिँहको आग्रह

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् ।

दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा मुख्यमन्त्री सिँहले जोड दिए ।

मुख्यमन्त्री सिँहले योग दिवसमार्फत योग प्रवद्र्धन गरेकामा भारतीय महावाणिज्य दूतावास वीरगञ्जलाई धन्यवादसमेत दिए ।

चित्त र वृत्तिलाई शुद्ध बनाउने अभ्यासलाई योग भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाइँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]