०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेश प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग छलफल

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १०, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् । जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ ।

कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका हुन् । नेपालमा रहेको प्लेटा नेपाल नामक कम्पनीको सहकार्यमा प्रदेशमा कृषि उद्योग स्थापना गर्न प्रस्ताव राखेका छन् ।

उनको प्रस्ताव प्रति सकारात्मक भई कार्य अगाडी बढाउन मुख्यमन्त्री सिंहले सेरिलमेजलाई आग्रह गरेको हो । सेरिलमेजले स्थापना गर्न लागेको उद्योगमा मधेशका सयौं युवाहरुले रोजगारी पाउने छन् ।

मुख्यमन्त्री सिंहले विभिन्न कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरुलाई यस प्रदेशमा लगानी गर्न आह्वान गरिरहनु भएको छ । सोही अनुरुप लगानीकर्ताहरु अहिले मुख्यमन्त्री सिंहसँग भेटेर लगानीको वातावरण बनाईदिन र त्यसमा आवश्यक सहयोगका लागि भेटघाट गर्ने गरेका छन् ।

यो उद्योग स्थापनाको लागि यहाँ पाँच सय विगहा जग्गा आवश्यक पर्दछ । सो जग्गा व्यवस्थापनमा पनि समन्वय गरिदिन सेरिलमेजले मुख्यमन्त्रीलाई आग्रह गरे ।

प्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई उद्योगिकरण गरी विभिन्न सामग्री बनाउनेछन् ।

सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा पनि सहभागि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]