०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

सिरहामा पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १०, २०८१

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले भोलि मङ्गलबारबाट शिविर सञ्चालन गर्न लागेको हो ।

अस्पतालका व्यवस्थापक डा शारीका गोइतले पाठेघर समस्याबाट पीडित महिलाको उपचार तथा शल्यक्रियाका लागि शिविर आयोजना गर्न लागेको जानकारी दिए ।

“अझै पनि विकट गाउँघरमा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्”, गोइतले भने, “आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्श दिन शिविर आयोजना गर्दैछौँ ।”

बिरामीको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा शारीका गोइत र तेजशङ्कर यादवको टिमले गर्नेछ । सुत्केरी भएको केही दिनपछि नै भारी बोक्नेजस्ता शारीरिक श्रमलगातका कामगर्दा प्रायः ३५ वर्षमाथिका महिलामा यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]