२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

सिरहा । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो ।

जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिनुभयो । यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उहाँको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार नौ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको मल वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने भन्दै मागअनुसारको थप मल आइरहेकाले अभाव नहुने उहाँले बताउनुभयो ।

“हामीले असार सुरुदेखि पहिलो चरणको सात सय मेट्रिकटन रासायनिक मल वितरण गरिसकेका छाँै । अहिले दोस्रो चरणको आठ सय मेट्रिकटन वितरण भइरहेको छ । तेस्रो चरणमा यही असार २२ गतेसम्म वितरण हुन्छ”, प्रमुख पौडेले भन्नुभयो, “यसरी सबै किसानलाई आवश्यकताका आधारमा मल वितरण गरिने हुँदा ढुक्क हुनलाई म आग्रह गर्दछु ।” युरिया, डिएपी, पोटासलगायत रासायनिक मल कम्पनीसँग प्रयाप्त मौज्दात रहेको उहाँको भनाइ छ ।

जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण हुँदै आएको छ । सम्बन्धित निकायले पहुँचका आधारमा सिफारिस गर्ने हुनाले वास्तविक किसान मल पाउनबाट छुटेको हुनसक्ने भन्दै पौडेलले भन्नुभयो, “कतिपय किसानले मलखाद नपाएको गुनासो आएको छ । किस्तामा मल वितरण गर्नुपरेकाले उहाँहरुको पालो अब क्रमशः आउने छ ।”

जिल्लामा कृषि सामग्री केन्द्रसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि रासायनिक मल वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई रासायनिक मलको कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार पत्र पठाएपछि मल प्रदान गरिने पौडेलले जानकारी दिनुभयो । गत वर्षभन्दा यसवर्ष धेरै मल आयात भएकाले मल अभाव नहुने उहाँको विश्वास छ । रासायनिक मलले गोठमलभन्दा तुरुन्त काम गर्ने, लागत कम लाग्ने, उत्पादन र उत्पादकत्व बढाउने किसानको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]