२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

सहिदनगरमा जनमतको दोस्रो नगर अधिवेशन सम्पन्न,अध्यक्षमा यादव निर्वाचित

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुरधाम ।जनमत पार्टी सहिदनगर नगरपालिकाको दोस्रो नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।

जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको प्रमुख आतिथ्यमा भएको दोस्रो नगर अधिवेशनबाट श्री प्रसाद यादवको अध्यक्षमा निर्वाचित भएका हुन। यसैगरी ,यादवको नेतृत्वमा २९ सदस्य नयाँ कार्यसमिती गठन गरिएको छ।

उक्त नगर कार्यसमितिको उपाध्यक्षमा अनिता देवि यादव, सचिवमा बिष्णुदेब ठाकुर,सहसचीव देव सरण यादवलाई चयन गरिएको छ।

त्यसैगरी , कोषाध्यक्षमा सुजिता मुखिया निर्वाचित भएकी छिन् ।

सो कार्यक्रममा केन्द्रिय कार्यकारणी सदस्य रेखा मण्डल, जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव पर्यवेक्षक तथा प्रदेश सदस्य राम पुकार यादव सह-पर्यवेक्षक बिजय यादवलगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]