०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

‘प्रदेश शिक्षा नीति ल्याउने गृह कार्यमा जुट्यो मधेश सरकार’

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ १६, २०८१

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षा नीति ल्याउने गृहकार्य भइरहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताए । विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय विषयक दुई दिवसीय प्रदेश स्तरीय बृहत् शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश शिक्षा नीति ल्याएर मधेशको शिक्षामा सुधार ल्याइने बताए ।

प्रदेश गठन भएको सात वर्ष बित्न लाग्दा पनि मधेश प्रदेशमा शिक्षा नीति आउन नसकेको कारण शिक्षाको क्षेत्रमा विभिन्न खालका चुनौतीहरू देखिएको भन्दै उनले शिक्षा नीति ल्याउनकै लागि मन्त्रालयले सरोकारवाला निकायसँग विभिन्न खालका छलफलहरू चलाएको बताए । मधेश प्रदेशको बजेटमा शिक्षा क्षेत्र छैठौँ प्राथमिकतामा परेको जानकारी गराउँदै सीमित स्रोत साधनका बाबजुद आफ्नो मन्त्रालयले समाजवाद उन्मुख आधारभूत वर्गलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी गराए ।

उनले आगामी आर्थिक वर्षमा प्रदेशका केही विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्नुका साथै केही विद्यालयका बालकक्षाहरु लाई व्यवस्थित गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको बताए । उनले खास गरेर दलित विपन्न वर्गका बालबालिकाले आर्थिक अभावका कारण विद्यालय छोड्ने गरेको भन्दै त्यस्ता खालका समस्या समाधानका लागि मन्त्रालयले दलित विपन्न वर्गका विद्यार्थीसहित अभिभावकलाई समेत सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराए ।

उनले दलित विपन्न वर्गका विद्यार्थीको अभिभावकलाई मासिक ५० केजी चामल, पाँच केजी दाल सहयोग दिने कार्यक्रम मन्त्रालयले ल्याएको बताए । एक्लो प्रयासले कुनै पनि काम सम्भव नहुने भन्दै मधेशको साक्षरता दर बढाउनका लागि मन्त्रालयले सुरु गर्न लागेको विशेष अभियानमा सबैको सहयोग आवश्यक भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]