२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

जनकपुरधामबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम । धनुषाको जटहीबाट काठमाडौँ जाँदै गरेको रात्रि बसबाट प्रहरीले लागूपदार्थ बरामद गरेको छ ।

धनुषाको दक्षिणी सीमावर्ती क्षेत्र अवस्थित जटही नाकाबाट भित्र्याइ जटहीहुँदै काठमाडौँ चल्ने रात्रि बसबाट लागूपदार्थ ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो बसलाई जनकपुरधामस्थित मुजेलियामा चेकजाँच गर्नेक्रममा बागमती प्रदशे ०३–००१ ह २५१४ नम्बरको रात्रि बसमा ४४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू पदार्थ खोज तलास गर्दा बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

सो लागू पदार्थ ब्राउन सुगर जनकपुरधाम उपमहानगरपालिका– २० स्थित देवपुरा रुपैठाका २५ वर्षीय अमित कुमार झाको साथबाट बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका झालाई हिरातमा राखी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]