१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो ।

नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पु¥याउने दमक–३ स्थित ढुकुरपानी माविलाई रु एक लाख र दमक–१० स्थित सिंहदेवी माविका शिक्षक घनश्याम अधिकारीलाई रु २५ हजारसहित पुरस्कृत गरिएको नगरप्रमुख रामकुमार थापाले जानकारी दिनुभयो । उत्कृष्ट विद्यालय र शिक्षकलाई आइतबार एक कार्यक्रमबीच उहाँले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

सो अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दमक–९ को पाणिनी मावि पहिलो, दमक–८ मा को एलाइड बोर्डिङ स्कुल दोस्रो र दमक–१० स्थित सिंहदेवी मावि तेस्रो बनेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः रु २५ हजार, रु १८ हजार र रु १२ हजार प्रमप्त गरेका छन् ।

शाखाले विगतका वर्षझैँ यस वर्ष पनि विद्यालय अध्ययनरत बालबालिकाको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरेको खड्काले बताउनुभयो । प्रतियोगितामा नगरभित्र रहेका समुदायिक र संस्थागत गरी ३६ वटा विद्यालयले सहभागिता थियो । कार्यक्रममा नगरभित्रका समुदायिक विद्यालयमा अध्ययनरत ६२ जना विपन्न परिवारका र १३ जना बुहारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]