०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रदेश लोकसेवा आयोग ब्यवस्थित गर्न मुख्यमन्त्री सिंह सक्रिय

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम ।महिनौं देखि लथालिङ्ग अवस्थामा रहेको प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सक्रिय भएका छन् । प्रदेश लोक सेवा आयोगको कामकर्तव्यलाई लिएर परिक्षार्थी र जनगुनासो बढेपछि मुख्यमन्त्री सिंह सक्रिय भएका हुन।

प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित गर्न सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा सिफारिस समितीको बैठक सम्पन्न भएको छ।बैठकबाट आयोगको रिक्त रहेको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

विगत लामोसमयदेखि आयोगको अध्यक्ष र एक सदस्य रिक्त रहेको छ। पदाधिकारी रिक्त रहदा आयोगको परिक्षा नतिजा तथा नयाँ कर्मचारी भर्ना प्रक्रिया ठप्प भएको छ।

प्रदेशमा अध्यक्ष एक र दुई सदस्य गरी तीन जनाको प्रदेश लोकसेवा आयोग रहने प्रदेश लोकसेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा १ मा व्यवस्था गरेको छ । अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्ष तोकेको छ । सोहीअनुसार अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो । तर उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश भएको आयोगका कार्यालयले जनाएको छ ।

आयोगका अर्का सदस्य महारुद्र झा पनि उमेर हद नाघिसकेको कारण २०७९ पुस ३ गते अवकाश भएका थिए । आयोगका पदाधिकारीमा डा. सुजाता देव मात्र एक जना सदस्य रहेको छ । पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]