०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कृषि मन्त्रीद्वारा किसानलाई दशैको शुभकामना, मधेस बैज्ञानिक खेती तिर पाईला चाल्दै

Logo
प्रकाशित बिहिबार, आश्विन १६, २०७६

 

मनोज बनैता, सिरहा । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेसका किसानलाई दशैको शुभकामना व्यक्त गरेका छन । साथै उनले छिटै प्रदेश २ लाई विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश २ को समृद्धिको मूल आधार कृषि नै भएको बताउँदै उनले भने ‘हालसम्म परम्परागत खेती हुँदैआएको छ, विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रलाई बढी भन्दा बढी उत्पादनशील बनाउनु जरुरी छ ।’

खासगरी धान खेतीमा मजदुर, बीउबिजन, मलखाद लगायत सम्पूर्ण खर्चहरु जोड्दा लागत नै बढी हुने गरेकोले निरास भई कृषिबाट पलायन हुने क्रम बढेको मन्त्री साहले बताए । कृषि क्षेत्रलाई हालसम्म सरकारले उपेक्षा गर्दैआएको बताउँदै उनले भने ‘विगतमा जे जस्तो उपेक्षा भयो तर अब कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ ।’

मन्त्री साहले भने कि नदीनालाहरुलाई थुनेर सिंचाई सुविधाको प्रबन्ध मिलाउने, डिप बोरिङ्ग तथा साना किसानहरुका लागि व्यापक संख्यामा ट्युवेल वितरण गरिरहेका छौ । ‘कृषिमा सम्भावना देखेर युवाहरु विदेश पलायन बाट रोकिनेछ र साथै कृषि मजदूर पाउन पनि सजिलो हुनेछ जसको लागि कृषिलाई व्यवसायीकरण गर्दै कम लागतमा प्रविधीहरुको प्रयोग र बढीभन्दा बढी उत्पादनशील बनाउनुपर्दछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]