०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेसमा सहयोग गरे कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुन्छौँ: प्रवक्ता डा.यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौं । जनमत पार्टीका केन्द्रिय प्रवक्ता डा.शरद सिंह यादवले मधेस प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा आफू सहभागी हुने बताएको छ ।

प्रवक्ता डा.यादवले जनमत पार्टीको प्राथमिकता मधेस सरकार भएकाले सोहीअनुरूप केन्द्रमा सहमति हुने बताए ।

“हाम्रो प्राथमिकता मधेस प्रदेश हो । हामीलाई मधेस सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौं,” उनले भने ।

लामो समयसम्म जसपासहितका पुराना दलले मधेसलाई बन्धक बनाएको बताउँदै उनले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने बताए ।

“हामी स्थायीत्वको पक्षधर हौँ । हामीलाई सिंगो देशको विकास गर्नुछ । अहिले मधेसमा हाम्रो नेतृत्वमा सरकार छ,” उनले थपे ।

मधेसमा जनमत पार्टीबाट सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनले असार २१ गते विश्वासको मत लिने तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]