रञ्जन भण्डारी , महोत्तरी । उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै उकुस मुकुस बनाउने उनका अनगिन्ती पिडा । उनको जिवनको नारकिय दश वर्ष पछिको एघारौ वर्ष सुखद वा भनौ नारकिय भन्दा थोरै सुखद बनाउने प्रयास गरेका छौ ।
सामाजिक अभियन्ता गुञ्जा राय र उनका श्रीमान बिनित पाण्डेयको निक्कै पहिले देखिको प्रयास आज सफल भएको देख्दा आत्म सन्तुष्टी महसुस गर्दै छु । सडकबाट उठाएर एक मानवलाई मानव वस्ने स्थानसम्म पुर्याउन उनीहरुले खेलेको भुमिका प्रशंसनिय छ ।
घुस्का नामले पिपरा बजारमा परिचित एक अपरिचित जो आफ्नो बाया खुटटाले हिड्न लागक छैनन । उनलाई घस्रेर एक स्थानबाट अर्को स्थानमा पुग्न सामान्य मानिस भन्दा सयौ वा हजारौ गुणा वढी समय लाग्छ । त्यसतालाई सहारा दिईनु आफैमा मानवताको उच्चतम कार्य हो ।
बिनित पाण्डेय पिपराका स्थायी वासिन्दा हुन । राजनितिक पहिचान समेत राख्ने बिनित जीको पिपरामा आफ्नै प्याथोलोजी ल्याव छ । घुसकालाई उक्त स्थानबाट उठाएर उद्धार गरिनु पर्छ भनेर उनले निक्कै पहिले देखि विचारेका रहेछन तर सो वारे एक्लै लागेपनि आफ्नै श्रीमति गुञ्जा रायसंग उनले सो वारे छलफल गर्न सकेका थिएनन ।
गुञ्जाको सामाजिक कार्यमा निरन्तरको प्रगति देखेर पछि बिनितजीले नै उनीसंग घुसकाका वारेमा चर्चा गरे र उद्धारमा सहयोग गर्न आग्रह गरे । पछि दुवैजनाले लामो समयसम्म प्रयास गरे । आज सोहि प्रयासको फल स्वरुप उनीहरु सफल भएका छन ।
श्रीमानको एउटा ईच्छा पुरा गर्न पाउदा आफुलाई निक्कै शौभाग्यशाली सम्झिने गुञ्जा घुसकाको उद्धारका लागि छलफल अगाडी बढाउन थालिन । मसंगको भेटमै समेत उनी निरन्तर घुसकाकै वारेमा चर्चा गरिरहन्थिन । उनको सडक जिवन विताउने एक व्यक्तिको उद्धारको लागि प्रयास देखेर म नतमस्तक थिए । आफुसंगै पढेकि गुञ्जा आज मानव अधिकार,सामाजिक अभियान र महिला अधिकारको क्षेत्रमा उत्कृष्ट र लगनशिल भएर काम गरेको देख्दा म गौरवान्वित महसुस गरिरहेको थिए ।
पछिल्लो प्रयासमा एक संस्थासंग कुरा गर्दा सकारात्मक जवाफ पाएकि उनले पछि घुस्कालाई उद्धार गरेर अस्पताल ल्याउदा निरासाजनक जवाफ पाउदा म समेत स्तव्ध थिए । सायद अव हामी सफल हुन्नौ भनेर मेरो मनले सोचिसकेपनि गुञ्जाले हार मानिनन र निरन्तर विभिन्न संघ संस्थासंग सम्पर्क गरिरहिन । आज बुधवार राती उनी घुसकालाई लिएर काठमाडौं पुगिन र पुनरस्थापना केन्द्रमा राखिसकेपछि फोन गरि सफल भएको खवर सुनाईन । उनको यस प्रयत्नको लागि मौखिकसंगै मेरो लेखाईको माध्यमले समेत उनलाई सलाम गरे ।
उद्धार देखि उद्धारसम्म
घुसकालाई उद्धार गर्न हामीले मन बनाईसकेपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीसंग हामलिे समन्वय गर्यौ । उहाको तर्फबाट सकारात्मक जवाफले हाम्रो हौसला वढायो र अगाडीको प्रोसेसमा लाग्यौ । पिपरा फर्केर विनितजीसंग छलफल गर्यौ र स्थानिय निकायसंग समेत समन्वय गर्ने भनेर पिपरा गाउपालिका उपाध्यक्षसंग पुनः छलफल गर्यौ । त्यहाबाट समेत सकारात्मक जवाफ पायौ र उद्धारमा उहा समेत सहभागी हुने प्रतिवद्धता आएपछि उद्धारको लागि सहज भयो । छलफलको भोली पल्ट नै पिपरामा उद्धारका लागि जुट्यौ । वर्खाले आकाश छोड्न मानेको थिएन । हामी विभिन्न छलफलका चरणहरु वर्खामै भिजेर पुरा गरेका थियौ ।
पछि उद्धारकै दिन उपाध्यक्ष,प्रहरी र स्थानिय समेत दर्जनौ मानिसको उपस्थितिले हामी झनै हौसियौ र घुसकालाई सडकबाट उठाएर पिपरा स्थित स्वास्थ्य चौकी र सो पछि जलेश्वर अस्पतालमा राख्यौ । विशेष कामले म पिपराबाट केहि समयको लागि जनकपुर लम्केको थिए तर मित्र संचारकर्मी दिपक पाण्डेय र नविन चौधरी जलेश्वर अस्पतालमा उपस्थित भएर साथ र सहयोग गरेको फोनमै जानकारी पाए ।
अस्पतालकै कुनै कर्मचारी घुसकालाई नुहाईदिन नमान्दा संचारकर्मी नविन चौधरी र एकजना अस्पतालका कर्मचारी अगाडी बढेर मानविय धर्म निभाए । सोहि वेला देखि अस्पतालमै खटिएका एक प्रहरी जवान भाईले समेत घुसकाको रेखदेख र उसलाई झेल्न निक्कै सहयोग गरे । ति प्रहरी जवान भाईलाई समेत सलाम गर्ने ईच्छा जागृत भयो । निश्चय पनि उनको योगदान अतुलनिय छ ।
तर केन्द्रिय स्वास्थ्य मन्त्रालय र विचको केहि दिनमा मानव सेवामा समर्पित केहि संस्थाहरुको असहयोगले दुःखी समेत बनाएको छ । प्रमुख जिल्ला अधिकारी समेतले मन्त्रालय र विभिन्न संघ संस्थालाई सम्पर्क गरेर सहयोग मागेकोमा सवै ठाउबाट हामीले असहयोग पायौ । एसपी श्यामकृष्ण अधिकारी समेतले निरन्तर अस्पतालमा घुसका भएको वेलासम्म उसको खवर राखे र आफ्ना प्रहरीहरुलाई समेत समय समयमा निर्देशन दिईरहे ।
अन्तत मित्र गुञ्जाको निरन्तरको प्रयासले बुधवार घुसका काठमाडौ स्थित एक पुनरस्थापना केन्द्रमा सकुसल पुगेका छन । आशा छ त्यहा उनको उचित उपचार भई उनी पुर्ण स्वस्थ्य भएर आफ्नै खुटटामा हिड्न सक्ने बनेर फर्कने छन ।