०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

पार्टीलाई क्षति हुनेगरी अधिवेशन नगर्न जनमत उपाध्यक्ष खानकाे निर्देशन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आषाढ २०, २०८१

जनकपुरधाम । जनमत पार्टीले पालिका अधिवेशन सर्वसम्मतिबाट शान्तिपूर्ण रूपमा हुन सके मात्रै सम्पन्न गर्न पालिका समितिलाई निर्देशन दिएको छ । सो पार्टीले बिहीबार सम्बन्धित पार्टी संगठनलाई उक्त निर्देशन दिएको हो ।

जनमत पार्टीले पालिका अधिवेशन गर्दैछ । सो अधिवेशनका क्रममा कतिपय ठाउँमा विवाद तथा पार्टी हितविपरीत कार्य हुने गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए ।

पार्टीको छविलाई नै आघात पर्नेगरी तथा पार्टीको हित विपरीत विभिन्न किसिमका विकृति, प्रचारबाजी, गुटबन्दी र झैझगडा भएको पाइएको समेत उपाध्यक्ष खानले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

कुनै पनि ठाउँमा शान्तिपूर्ण र अनुशासित तवरले तथा सर्वसम्मतिले पदाधिकारी चयन हुन सके मात्र अधिवेशन गर्न उपाध्यक्ष खानले निर्देशन दिएका छन् ।

पार्टीलाई नै आघात पुग्नेगरी कुनै पनि किसिमको अनावश्यक गुटबन्दी, विरोध, हुलहुज्जत आदि हुने सम्भावना भएमा सो ठाउँमा केन्द्रीय सचिवालयले पछि अधिवेशन गर्ने जनाउँदै उनले त्यस्ता ठाउँमा तत्काल अधिवेशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

साथै अधिवेशनका क्रममा कसैले पार्टीलाई आघात पुग्नेगरी अनुशासनहीन गतिविधिमा संलग्न रहेको पाइएमा उनीहरूका नाम, पद तथा ठेगाना उपलब्ध गराई दिन समेत उनले आग्रह गरेका छन् ।

पार्टीलाई बदनाम गर्नेगरी गुटबन्दी र झैझगडा गर्नेहरूलाई कालोसूचीमा राख्नेदेखि पार्टीबाट निष्कासन समेत गर्न सकिने चेतावनी उपाध्यक्ष खानले दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]