०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रदेशसभा बैठक अवरुद्ध गर्दै रेडबुक संशोधनको माग

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक शुक्रबार सुरु हुन नपाउँदै स्थगित भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुले संशोधन नभएसम्म त्यस उपर छलफल गर्न नसकिने अडान लिएका छन् । शुक्रबार साढे दुई बजे सुरु भएको बैठक सभामुख रामचन्द्र मण्डलले कार्यसूचिमा प्रवेशको चर्चा गर्ने बित्तिकै विपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षी भूमिकामा रहेका चार दलले राखेको तीन बुँदे मागलाई सम्बोधन नगरिए बजेट सम्बन्धी कुनै पनि विषयमा छलफल अगाडी बढ्न नसक्ने लोसपाकी सांसद रानी तिवारीले बताइन् । त्यसको बावजुद सभामुखले कार्यसूचि अनुसार बैठकको कारवाही अगाडि बढाउन खोजेपनि प्रतिपक्षी सांसदहरुले आसन ग्रहण नगरेपछि १० मिनेटको लागि भन्दै स्थगित गरिएको छ ।

अगामी आर्थिक वर्षको बजेट उपर छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध भएपछि सभामुख मण्डलको पहलमा निकासका लागि सर्वदलीय छलफल सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]