०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मुख्यमन्त्री सतिशलाई विश्वासको मत दिन एमालेको ह्विप जारी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ ।

प्रदेश सभाबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो ।

मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं भौतिक मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।

केन्द्रको सहमति अनुसार मधेसमा आफ्नो दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई विश्वासको मत दिने यादवले बताए ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि जनमत पार्टीका सिंह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सिंहले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]