०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

काठमाडौँ । जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरे।

“नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान करिब ३ः३० बजे त्रिशूली नदीमा खस्दा ५० जनाभन्दा बढी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोसँगै डुबानमा परी भएको ठूलो जनधनप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी युद्धस्तरमा उद्धार गर्न तथा नेपाली नागरिकलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहतलाई थप सक्रियताका साथ अगाडि बढाउनसमेत जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]