०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

मधेश प्रदेशको बजेट सर्वसम्मतिले पारित

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ३१, २०८१

जनकपुरधाम ।मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको बैठकबाट सर्वसम्मतिले पारित गरेको छ ।

आईतबार बसेको प्रदेश सभाको बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल तथा त्यसपछि मन्त्रीहरूको जवाफ आएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले पारित गर्नका लागि प्रस्ताव गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा विनियोजन विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो ।

विनियोजन विधेयकको विपक्षमा कुनै सांसदले मत जाहेर नगरेकोले सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभएको थियो ।

असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् कुल बजेटको ३६.४५ प्रतिशत रहेको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ रहेको छ ।

आइतबार बिहान सर्वदलीय बैठकपश्चात् बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने निर्णय भएपछि प्रदेश सभामा बजेट माथिको छलफल एक्कै दिनमा सकेर पारित भएको छ । प्रदेश सभाका २२ जना प्रदेश सभाका सदस्यहरुले भाग लिनुभएको थियो ।

यस अघि बैठकमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको शीर्षकमा १ सय रुपैयाँ कटौती गर्नु पर्ने प्रस्तावलाई सभामुख मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]