०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

‘मधेश प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयंसेवी विद्यार्थी परिचालन गरिने’

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन २०, २०८१

जनकपुरधाम, २१ साउन । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिँहले प्रदेशका अपठित जनतालाई साक्षर तुल्याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक परिचालन गर्ने सम्भावना र स्वरूपका बारेमा विश्वविद्यालय पदाधिकारीहरूसँग प्रारम्भिक छलफल आरम्भ गरेको सुनाए । उनले भने, ‘छिटोभन्दा छिटो प्रतिफल लिेगरी साक्षरता अभियानलाई तीव्र तथा सघन बनाउन ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित तुल्याएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायतका विश्विविद्यालयका अन्य पदाधिकारीसँग सो विषयमा कुराकानी समेत गरेका छन् । कुराकानीमा प्रदेशका आठवटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयंसेवक परिचालनबारे चर्चा भएको छ ।

विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दसैँ बिदा वा पुसमाघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे । पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्र समेत दिनेगरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने पनि उनले बताए ।

उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।

मुख्यमन्त्री सिँहले साक्षरता अभियानमा सजिलोगरी अक्षर र अर्थ चिन्नेबुझ्ने समझ विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने पनि उल्लेख गरे । विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीहरूले अपठितहरूलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राहीसमेतलाई उपलब्ध गराउनेगरी कार्ययोजना बनाइने पनि उल्लेख गरे ।

पछिल्लोे जनगणनाअनुसार मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्याङ्कअनसार देशमैै सबैभन्दा कम साक्षरता भएका मधेश प्रदेशकै चारवटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

नेपालमा पाँच वर्षमाथिका निरक्षर जनताको सँख्या ६३ दशमलव पाँच प्रतिशत छ । जसमा महिलाको हिस्सा ठूलो छ । मधेश प्रदेशका पाँच वर्षमाथिका महिलातर्फ ५ वर्षमाथिका २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन भने पाँच वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]