०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

मधेश सरकारकै तलबभत्ता खाने पुष्पा यादव पनि आन्दोलनमा पुगेपछि…

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन २२, २०८१

जनकपुरधाम,२३ साउन । मधेश सरकारविरुद्ध निकालिएको कुर्सी जुलुसमा चलचित्र तथा लोकसंचार प्रवर्धन बोर्डकी सदस्य पुष्पा यादव पनि सहभागी बनेकी छन् ।

बोर्ड मधेश सरकार मातहतकै छन् । उनलाई तत्कालीन जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएपछि जसपा नेपाल समर्थित समाजवादी यूवा संघले आज कुर्सी जुलुस निकालेको थियो । जुलुसको अगाडीमै बोर्ड सदस्य यादव थिइन् ।

सरकारविरुद्धको जुलुसमा बोर्डकी सदस्य यादव सहभागी बनेको भिडिओ र फोटो सार्वजनिक भएपछि सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । कतिपयले उनलाई सरकारले बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

यता मधेश प्रदेशका चलचित्र तथा लोकसंचार प्रवर्धन बोर्डकी सदस्य पुष्पा कुमारी यादवले आफू विद्यार्थीको नेता रहेको हैसियतले कार्यक्रममा सहभागी भएको प्रतिक्रिया दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]