०२ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

उदित नारायणको स्वरमा नेपाल भाषाको गीत

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

सप्तरी । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् ।

छंगु जिगु माया रतन नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन् ।

सुखावती मल्टी प्रडक्सनको ब्यानरमा बन्ने सिनेमा दसैंपछि सुटिङ सुरू हुँदैछ । गीतको रेकर्डिङ भने भारतको मुम्बईमा भदौ ९ गते गरिएको छ ।

नील शाक्यको संगीतमा भूपेन्द्र बज्राचार्यले यसमा संगीत संयोजन गरेका हुन् । फिल्मका निर्देशक तथा गीतका रचनाकार सुरेन्द्र तुलाधर हुन् । गीतलाई त्यस फिल्ममा र दीपा महर्जनको सरप्राइज एल्बममा पनि राखिने शाक्यले बताए ।
उदित नारायणले यसअघि नै ३५ भाषामा गीत गाइसकेका छन् । यो उनको ३६औं भाषामा गीत रेकर्डिङ भएको हो । झाले गीत रेकर्डिङका क्रममा गाइरहेको भिडिओ पनि सार्वजनिक गरिएको छ ।

भिडिओमा उदितले नेवार भाषामा गाइरहेका देखिन्छन् । उनलाई गाउन कठीन हुने सोचे पनि सरल रुपमै गाएको नील शाक्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]