२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

सर्लाहीको कृषि ज्ञान केन्द्र एउटै कोठामा, ३ वर्षदेखि बजेट फ्रिज

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, साउन २८, २०८१

सर्लाही ,२९ साउन। जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए।

जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो । पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो । “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ”, उनले भने, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षातमा पानी सबैभित्र पस्छ ।”

भवन निर्माणका यस कार्यालयले चार वर्ष पहिले रु पाँच लाखमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ । डिपिआर स्वीकृत भएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट रु तीन करोड ८५ लाख फ्रिज भइसकेको छ ।

कार्यालय भवन निर्माणका लागि आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु दुई करोड र आव २०७९/८० मा रु एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ । “हामी पटक–पटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौँ”, उनले भने, “डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौँ । तर काम भएको छैन ।”

कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उहाँले बताए । कार्यालयमा नौ जना प्राविधिकसहित १५ जनाको दरबन्दी भए पनि हाल प्रमुखसहित तीन जना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सात जना कर्मचारी छन् ।

गत आर्थिक वर्ष कृषि सिँचाइका लागि विनियोजित रु चार करोड १० लाख बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताए । कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]