०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

अदालतबाट भ्रष्टाचारी ठहर व्यक्ति मिटरब्याज पीडितको नेता

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०२, २०८१

काठमाडौं ,३ भदौ। मिटरब्याज पीडितको संघर्ष समितिमा रहेका सिरहाका रामकुमार यादवलाई अदालतले भ्रष्टाचारी ठहर गरेको पाइएको छ । विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको पाइएको हो ।

यादवलाई पौने ३ वर्षअघि नै अदालतले गलत सिफारिस तथा गैरकानुनी हानी नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको थियो । उनी मिर्चैया नगरपालिका-७ को वडाध्यक्ष हुँदा यो कसुर गरेका थिए ।

त्यतिबेला यो विषय मिडियामा आएपछि सरोकारवाला निकायले चाँसो लिँदै उनीमाथि मुद्दा दायर गरेको थियो । त्यससँगै उनी निलम्बनमा परेका थिए ।

सोही मुद्दामा विशेष अदालतले २०७८ कार्तिक २३ मा फैसला सुनाउँदै यादवलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै, हानी नोक्सानी भएको ४० हजार ७ सय ७७ रुपैयाँ पनि उनीसँगै भराउने फैसला अदालतले गरेको थियो ।

विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै उनी सर्बोच्च अदालत गएका थिए । तर, छरपस्ट प्रमाणका कारण त्यहाँबाट पनि उनी उम्किने सम्भावना क्षीण छ ।

तर, यस्ता गम्भीर प्रकृतिका गलत अपराधमा संलग्न भई विवादित रहेका व्यक्तिलाई मिटरब्याजविरुद्धको संघर्ष समितिमा स्थान दिइएपछि यसको आलोचना भइरहेको छ ।

संघर्ष समिति नेतृत्वले विचार नपुर्‍याएर यस्ता व्यक्तिलाई समितिमा राख्दा नैतिकताको प्रश्न खडा गरेको मिटरब्याज पीडितहरू बताउँछन् । ‘यो सामन्तवाद, अन्याय र अत्याचारविरुद्धको लडाई हो,’ एक मिटरब्याज पीडितले भने, ‘अदालतले नै भ्रष्टाचारी ठहर गरेका व्यक्ति हाम्रो नेता हुन सक्दैन ।’

यस्तो लापरबाहीले आन्दोलनलाई झन् कमजोर बनाउने भन्दै उनीहरूले यादवलाई यथाशीघ्र कारवाही गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]