१९ चैत्र २०८१, बिहिबार
03-04-2025 , Thu
×

सप्तरीमा पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

Logo
न्यूजमधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।

केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले पाँच सय बिघा क्षेत्रफलको केरा मासिनेगरी करोडौँको क्षति पु¥याएको उनीहरु बताउँछन् ।

केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको हनुमान नगरकङ्कालिनी नगरपालिका–१ भारदहका किसान बच्चालाल मण्डलले बताउनुभयो ।

जग्गा धनीसँग वार्षिक भाडामा लिएबापत एक बिघा जग्गाको रु ३० हजार र्तिनुपर्छ । कोसी किनारमा किसानले लगाएको केरा छठको बेला बढी बिक्री हुने गर्दछ । केराखेतीमा विभिन्न प्रकोपको समस्या खेपिरहेका किसानहरुमा बाढीको चपेटा थपिएको हो ।

केराखेतीबाट दशैँ तिहारका बेला राम्रो आम्दानी गर्दै आए पनि यस वर्ष बाढीले केराका बोट नै नष्ट गरेको केराखेती तथा व्यापार गर्दै आउनुभएका इनर्देव लोगीले बताउनुभयो । केराखेती नष्ट हँुदा घर खर्चसमेत चलाउन समस्या हुने अवस्था आएको भलुवाका किसान दिलीप यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैंकबाट ऋण लिएर केराखेती गरेको थिएँ तर एक्कासी बाढी पसेर केराको बोट सुक्दा लगानी त गयो गयो मेहनत खेर जाने भयो ।”

किसानले हालसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वैशाखमा पनि पानीसँगै हावाहुरी आउँदा केरा ढलेर क्षति पुगेको थियो । यस क्षेत्रमा उत्पादित केरा राजधानी काठमाडौँ, पश्चिम नेपालगञ्ज, पुर्वमा काँकरभिट्टासम्म बिक्रिका लागि पु¥याइने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]