१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

जनमतको प्रतिस्पर्धा जसपासँग होईन ,काँग्रेस र एमालेसँग हुन्छ : सीके राउत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

जनकपुरधाम,८ भदौजनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीको प्रतिस्पर्धा जनता समाजवादी पार्टी(जसपा) नेपालसँग नभई नेपाली काँग्रेस र नेकपा एमालेसँग रहेको बताएका छन् ।

एक निजी टेलिभिजनसँग अन्तर्वार्तामा अध्यक्ष डा.राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र आफू सप्तरीको क्षेत्र नम्बर २ बाटै चुनाव लडेका संयोगका कारण त्यस विषयलाई मानिसले अर्कै अर्थबाट चित्रित गरिदिएको उल्लेख गरे ।

उनले जनमत पार्टी र जसपा नेपालका एजेण्डा समान भएको भन्दै दुवै पार्टी मधेश, सीमान्तकृत र सङ्घीयताको अधिकारका लागि लड्ने शक्ति भएको प्रस्ट्याए । अध्यक्ष डा.राउतले भने, ‘हामीबीच धेरै वैचारिक भिन्नता छैन ।’

डा.राउतले सबै शीर्ष नेता र तिनका आफन्तहरूका नाउँ रहेका भ्रष्टाचारका फाइलहरू पक्राउ गर्ने हदसम्म खोलिँदै जाँदा नेपाली काँग्रेस र नेकपा एमालेबीच रातारात गठबन्धन भएको बताए ।

उनले ठूला पार्टीमा राजनीतिक सँस्कार नरहेको टिप्पणी गर्दै अहिलेका नेताहरूले नयाँ पार्टी आयो भन्दै घाँटी निमोठ्न र कुल्चनमा लागिपरेका आरोप लगाए । उनले कसैका घरमा फुल फक्रिन लाग्दा मलजल गरी बोट फलोसफुलोस भन्ने चाहना राख्नुपर्नेमा भ्रुणमै हत्या गर्न खोज्ने ती नेताहरूलाई भ्रण हत्यारा भन्ने कि नभन्ने भनी प्रश्न गरे ।

अध्यक्ष डा.राउतले जनमत पार्टीको प्रमुख प्राथमिक्ता रोजगारी रहेको र त्यसका लागि पूर्वाधार विकास तथा नीति निर्माण रहेको जानकारी दिए । उनले सबै समस्या समाधानको साँचो रोजगारी रहेको औँल्याउँदै रोजगारीले शिक्षा, स्वास्थ्यसँगै आर्थिक अवस्थामा समेत सुधार ल्याउने बताए ।

‘कुनै परिवारमा रोजगारी भयो भने ती परिवारका सदस्यले अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिन सक्छन् । आर्थिक गतिविधि गर्न सक्छन् । राम्रो लुगा लाउन सक्छन् । राम्रो खान पनि सक्छन्,’ डा.राउतले भने ।

उनले गाउँको कुनै परिवारमा साक्षरता कार्यक्रम, विद्यालय भर्ना कार्यक्रम ल्याएर त्यस परिवारका छोराछोरीलाई विद्यालय भर्ना गरिदिए तथा एकदुई महिनाको कापीकलम किनिदिए पनि त्यस घरमा रोजगारी नभए बच्चाले विद्यालय छाड्ने उदाहरण दिँदै भने, ‘ती बच्चाका बालाई पचिस हजारकै भए पनि रोजगारी दिन सकियो भने तिनीहरू आफै विद्यालय जानेछन् र पढ्नेछन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]