१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

आर्केस्ट्रामा विवाद: मेयर साहले गरे युवकमाथी हातपात

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ११, २०८१

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् ।

स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् ।

‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम आयोजना गरिएको थियो । अश्लिलता प्रदर्शन गर्ने र कानूनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि प्रश्न स्वभाविक थियो । फोटो भिडियो खिच्ने क्रममा मेयरले हातपात गर्नु भयो । अश्लिल गाली गर्दै मोबाइल समेत खोसेर लैजानु भयोु, पीडित महतोले भने ।

मेयर साहको रोहबरमा आयोजित आर्केस्ट्राले समाजलाई भड्काउने र अश्लिलता फैलाउने भन्दै आवाज उठान खोजेका महतोको मोबाइल खोस्दै कुटपीट समेत गरेको महतोले जानकारी दिए ।

स्थानीय युवा महतो भ्रष्टाचार, मिटरब्याज लगायत जनताका पीडामा आवाज उठाउदै आएका व्यक्ति समेत हुन् । नगरपालिकाले गर्ने हरेक काममा जवाफदेहीताको खोजी गर्ने महतोमाथि मेयरले यसअघि पनि अश्लिल गाली गर्दै विभिन्न धम्की दिने गरेको पीडितको भनाई छ ।

यता, मेयर साहले भने आर्केस्ट्रा आयोजना नभएको प्रतिक्रिया ददिएक छन् । आफ्नो पालिकामा आर्केस्ट्रा आयोजना हुँदै नभएको दाबी गरेका मेयर साहले सामान्य उजुरी आएपछि प्रहरीलाई बुझ्न भनेको बताए ।

आर्केस्ट्रा आयोजना गर्ने अश्लिलता प्रदर्शन गर्ने विषय बर्जित छ । यस्तो देखिए तत्काल प्रशासनलाई खवर गरेर समाधान खोजिन्छ । मेराविरुद्ध आरोप लागेकोबाहेक केहि होइनु, मेयर साहले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]