१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

दुग्घमती नदीको सीमा यकिन गरी उत्खनन् गर्ने मुख्यमन्त्री सिँहको निर्णय

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ११, २०८१

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने निर्णय गरेको हो ।

सो उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्न प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मा दिइएको छ ।

विभिन्न धार्मिक ग्रन्थका अनुसार अत्यन्त पवित्र मानिएको र पवित्र स्नान तथा पूजाआजाको लामो परम्परा रहेको नदी उद्गमस्थलदेखि तीन–चार किलोमिटरसम्म पूर्णतः अतिक्रमण र त्यसभन्दा दक्षिणतिर आंशिक अतिक्रमणको शिकार रहेको अवस्था दुःखद र दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै मुख्यमन्त्री सिँहले अतिक्रमणमुक्त दुग्धमतीको योजना कार्यान्वयन गर्ने गृहकार्य थालेका थिए ।

त्यसअन्तर्गत नदीको साबिक सीमा यकिन गर्ने, उत्खनन् गर्ने र प्रदूषणमुक्त बनाउन प्रदेश सरकारले अग्रसरता लिने टुंगोमा उनी पुगेका थिए ।

बैठकले अतिक्रमणमुक्त र प्रदूषणमुक्त दुग्धमती नदी अभियान तीव्र गतिमा बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको सो अभियानमा अन्य सरोकारवालाको समेत सहभागिता रहनेछ ।

बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए ।

बैठकलगत्तै मुख्यमन्त्री सिँहसहित बैठकका सहभागीहरू नदीको उद्गमस्थल र नदी प्रणालीको अवलोकन तथा निरीक्षण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]