१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, मंसिर ०५, २०८१

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताउनुभयो ।

उहाँले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिनुभयो ।

मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिनुभयो ।

बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मड्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]