०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

जनमत सांसद बिनिता सिंह द्वारा बरियारपट्टी-४ सोहापुर विद्यालयमा ९ कोठे भवनको सिल्यानास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित बिहिबार, फाल्गुण १४, २०८१

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ।

सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको हो । मा जानकी कन्ट्रक्सन एण्ड सप्लायर्स मिथिला बिहारी नगरपालिका धनुषाले २०८२/३/१५ मा सम्पन्न गर्ने गरी सम्झौता भएको हो।

उक्त विद्यालयमा डेक्सबेन्च लगायत भौतिक संरचनाको अभाव रहँदै आएकोमा निर्माण हुन लागेको भवन निर्माण सम्पन्न भइसकेपछि भौतिक संरचनाको अभाव मेटिने र शैक्षिक वातावरण सहज हुने विद्यालयका प्रधानाध्यापक बताउँछन्।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष महतो , उपाध्यक्ष ममता कुमारी यादव ,वडा अध्यक्ष नवीन यादव , लगायत समाजसेवी भरभलादमीहरूको उपस्थिति रहेको थियो। गत आ.ब.मा उक्त विद्यालयमा जनमत पार्टीबाटै निर्वाचित प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री माननीय संजयकुमार यादवको संसदीय विकास कोषबाट बाउन्ड्री वाल समेत निर्माण भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]