१७ चैत्र २०८१, मंगलबार
01-04-2025 , Tue
×

सिराहा : डोम समुदायलाई उठिबास गराएको केही तथ्य

Logo
न्युज मधेश प्रकाशित शुक्रबार, चैत्र ०६, २०८१

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ।

हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे।

लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट विज्ञप्ति जारी गर्दै छानविनको माग गरे। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका टोली घटना स्थलमा आएरै घटना बारे बुझेका छन्।

घटना बारे केही तथ्यगत कुरा हेरौं :
१. निज पीडित परिवारको भनाइ अनुसार नै आफूहरुको असहमति र अनुपस्थितिमा घर हटाएको भनिएको छ।

२. पीडित अनिता मरीकले यज्ञ गराउन एक जना बाबा आएको र ती बाबाले डोम समुदायको घर रहेको स्थानमा यज्ञ गरिन् सक्दैन भनेर भने बमोजिम आफूलाई हटाएको भनेर वक्तव्य नै दिएको छ।

३.करिब एक महिना गाडी मन्जुरी नामा गराएको भनिएको कागजमा फाल्गुन ११ गतेको मिति राखिएको छ तर पीडित दीपक मारीका ले नै यो कागजात हामी संग हिजो मात्रै गर्न लगाएको भनेर भनिएको छ।

४. पालिकाले मन्जुरी नामाको फोटो देखाएको छ तर पीडित दीपक मारीकाले नै आफू संग रहेको उजुरी लेखिएको कागज मिडियामा देखाएको छ।

५.यज्ञ स्थलमा बस्दै आएको एक जना बाबाले पनि माछ मदिरा खाएको , जति भन्दा पनि नेटरेकोले हटाएको भनेर भनिएको छ।

६.हिन्दू सम्राट सेनाले पीडित अनितालाई सोधेको प्रश्न नै यज्ञ भइरहेकोले हटाइएको भनेर गरेको छ र त्यसको जवाबमा अनिताले
हो भनेर जवाफ फर्काएको छ।

७.डोम समुदायको घर रहेको स्थानमा घर हटाए पछि उक्त जग्गा गहिरो कसरी भयो ? जवाबाकी कुनै पनि स्थानबाट घर हटाउने हो भने समतल भूभाग भन्दा घर रहेको स्थान उच्चा नै रहन्छ।

साथै त्यही नजिक मुर्ती रहेको स्थानमा माटो राखेको भनिएको छ तर त्यही स्थानको माटो लाई हेर्दा पनि घास लागेको , बलौटे माटो रहेको , डल्लो र ढीक्कै ढिक्का रहेको छ । त्यो माटो र देखाइएको माटो फरक रहेको छ।

८. एलानी पर्ती जग्गा छुट्याउने क्रममा घर हटाएको भनिएको छ तर त्यसका लागी गठित समितिले कार्यादेश नै नपाएको अवस्था छ ?

९.एक ठाउँबाट ऐलानी पर्ती जग्गा खाली गराउने त्यही ठाउँमा यज्ञको त्यत्रो ठूलो संरचना बनाउने , त्यही घर यज्ञ पछि हटाउँदा हुँदैनथयो र ?

१०. जुन स्थानमा अहिले सारीएको छ त्यो पनि विद्यालयको जग्गा रहेको छ। विद्यालयबाट समेत अनुमति नलिई घर बनाएको छ। सहमतिमै गएको हो भने मन्जुरीनामा किन्? त्यही मन्जुरी नामा एक दिन अगावै सामाचार संकलन गर्न गएको टोलीलाई किन् देखाउन सकिएन।

यी नै प्रमाण र सबूत लाई हेर्ने हो भने ती घटना सत्य रहेको र मिडियामा आइसकेपछि कारवाहीबाट पन्छिन त्यसता प्रपञ्च रचिएको सजिलै बुझ्न सकिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ। हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे। लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट […]