
सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो।
सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग र सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट सञ्चालन हुने उक्त आयोजनाको लागि १ करोड रकम विनियोजन भएको छ।
जनमत पार्टीकी सांसद माननीय विनिता कुमारी सिंहज्यूको पहलमा उक्त आयोजनाका लागि सहरी विकास मन्त्रालयले १ करोड रकम विनियोजन गरेको थियो। सहरी सघन तथा भवन निर्माण आयोजना सप्तरी र श्री एलिना कन्ट्रक्सन अर्नामा -२ सिराहा बीच उक्त आयोजना करिब चार महिनाभित्र अर्थात् २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।
शिलान्यास कार्यक्रममा धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम भरोसी महतो, वडा सदस्यज्यूहरू नगरपालिकाका कर्मचारी ज्यूहरू, जनमत पार्टीका नेता स्थानीय बुद्धिजीवी युवा प्रभलादमीहरूको उपस्थिति रहेको थियो।
धनगढी माई नगरपालिका तरकारी उत्पादनको लागि प्रमुख स्थानको रुपमा मानिन्छ। यहाँ उत्पादन हुने तरकारीहरु बिक्री वितरण गर्न र भण्डारण गर्नको लागि ठाउँ अभाव भएको हुँदा निकै समस्या भइरहेको थियो। यसबीचमा माननीयज्यूले हाम्रो वडाको लागि पहल गरेर तरकारी सङ्कलन केन्द्रको लागि बजेट राखिदिएकोमा यो समस्या दूर हुने देखिन्छ। त्यसका लागि वडावासीको तर्फबाट उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। अध्यक्ष महत्वले भने।