०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

राजबिराज । सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी गरेको प्रहरी कार्यालयले जनाएको छ । बुधबारका दिन सप्तरीको राजबिराज नगरपालिका ११ र सुरुङ्गा नगरपालिका ४ बाट अबैध गाजा फडानी गरि नष्ट गरेको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.४ मधुपट्टि स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्र.स.नि.गुद्दर प्रसाद यादवको कमाण्डमा ७ जनाको प्रहरी टोलिले खेतमा लुकाई छिपाई लगाएको अबैध गाजाँ ६० बोट फडानि गरीएको छ । त्यसैगरी उक्त ठाउँमा ६ घरधुरी बाट अवैध रुपमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी २०० लिटर र प्लास्टिकको भाडो १० थान बरामद गरि स्थानिय बासिहरुको रोहबरमा नष्ट गरीएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

त्यसैगरी सप्तरीको राजबिराज नगरपालीका ११ स्थित झलही फर्छट स्थितमा घर आगनमा लगाएको अन्दाजी ४०/४५ गाँजाको बोट अ.प्र. पोष्ट तितरीगाछीबाट खटीएको प्र.स.नि.को टोलीले फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]