२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

एकैपटक वडाध्यक्ष सहित ९ मोटरसाईकलमा आगजनी

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिका वडा नं. ३ प्रके महुवामा अज्ञात समुहले एकैपटक वडाध्यक्ष सहित ९ वटा मोटरसाइकलमा आगजानी गरेका छन् ।

सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको हो ।

आज विहान करिब ३ बजेर ३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा आगलगी हुँदा जलेर पूर्ण रुपमा क्षति पुगेको छ । जनकनन्दनी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्षको सरकारी नम्बर पलेट्को गाडी समेत जलेको छ । जस मध्ये ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर पूर्ण रुपमा क्षती भएको छ ।

यसैगरी बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलहरु जलेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजन थापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]