२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु,दुई घाइते

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

राजविराज। सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने दुई घाईते भएको छ । सप्तरीको खड्क नगरपालिका ८ स्थित विसनपुर चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सुरुङ्ग नगरपालिका १ पिपराका २७ वर्षीय अरविन्द चौधरी र खडक नगरपालिका ६ विसनपुरका २८ वर्षीय मो.अनबारुल अन्सारीको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा लहान स्थित राउ स्मारक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन्। उनीहरुलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जादैँ गरेको बा ६८ प ६८८७ र विपरित दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]