२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

जनताको समस्यालाई चाडै समाधान गर्ने : सांसद यादव

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ।

सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन।

छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । स्थानीयको गुनासो सुनेपछि सांसद यादवले इनर्वामा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै लागि सरकारले पनि विभिन्न योजना ल्याएकाले त्यसको सदुपयोग गर्न स्थानीयसंग आग्रह गरेको छ । उनले सहकारी संस्थाहरुको बदमासी बढ्दै गएकाले कृषकहरुले बचत र कर्जाका लागि कृषि विकास बैंकमा कारोबार गर्नु पर्नेमा यादवले जोड दिएका हुन ।

इनर्वामा रहेका सबै विद्युत पोलहरुमा आगामी १० दिन भित्रै बल्बहरु जडान गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो । नेपाल भारतको सीमा रहेका कारण इनर्वाको विकास गर्नु अत्यन्त जरुरी रहेको भन्दै उहाले इनर्वाको विकास भए मात्रै वीरगन्जको विकास हुन सक्ने बताउनुभयो ।

उहाले इनर्वामा रहेको सामुदायीक विद्यालयमा भवन , गाँउमा प्रवेशद्धार र धर्मशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । इनर्वामा विद्यमाान समस्याहरु सामधानका लागि संघ , प्रदेश र स्थानीयि सरकारसंग समन्वय गर्न आफुले पहल गर्ने पनि उहाले बताउनुभयो ।

समाजवादी पार्टीका जिल्ला सदस्य लालदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादव, स्थानीय नेताहरु सुरेश राम , मकबुल मिया ठकुराइ , रामनाथ राम , हरिशंकर यादव , सबाबुद्धिन अन्सारी , हृदेश पटेल , मुन्ना साह , अशोक पटेल लगायतको पनि उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]