२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

चियापान कार्यक्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ४ जना युवा घाइते

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् ।

शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो ।

महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । शुक्रबार दिउँसो सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घाइते ४ जनाको जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । ग्यास चुल्हा बग्रिएर घटना भएको प्रत्यक्षदर्शीहरुले बताएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]