२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

जनकपुरमा पहिलो पल्ट छाला,आँखा दान सन्दर्भमा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

गोविन्द ठाकुर , जनकपुर । समाधान (सोलुसन) समाजको जनकपुर शाखाद्वरा जनकपुर -१६ कपिलेश्वरको महादेव मन्दिरको प्राङनमा छाला दान, आँखा दानको सन्दर्भमा जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाको जनकपुर शाखाका अध्यक्ष दिलिप कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेको थियोे । साथै उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल आखा दान समजका केन्द्रिय माहासचिव साधुराम महर्जनको समेत उपस्थिति रहेको थियोे ।

उहाँ तिल गङगा आँखा बैंक, नेपाल जल्न प्रतिस्ठानका सचीव, रक्त दान ललितपुर जिल्लाका अध्यक्ष एवम् सलुसन समाजको केन्द्रिय पुर्व अध्यक्ष तथा संस्थापक पनि रहनु भएको छ । त्यस्तै कार्यक्रममा सलुसन समाजका बिधान मस्यौदाकार एवम् कनुनी सल्लाहकार हेराकृष्ण महर्जन लागयत सलुसन समाज मलङवाको क्षेत्रीय इन्चार्ज राजकुमार गुप्ता, इश्वरपुरको क्षेत्रीय इन्चार्ज इन्द्रजित साह र सर्लाहीका क्षेत्रीय इन्चार्ज विरेन्द्र चौधरीको समेत गरिमामय उपस्थिति रहेकोे थियोे ।
रक्त दान झै छाला दान र आँखा दान पनि जीवन दान सरह रहेकोे बक्ताहरुले जोड दिएको थिए ।

त्यस्तै सोही कार्यक्रममा स्थानीय वाडा अध्यक्ष राम आशिष पन्जियार, राजपा केन्द्रिय सदस्य सन्जय चौधरी , युवा नेता अम्भु प्रसाद साह, विजय भगत लगयत विभिन्न युवा कल्बका युवाहरू लगायत बाल कल्बका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा मलिउड सिरिज तथा दिलदार रकडिङका कालाकरहरुले जनचेतना मुलक नाटक छनिका पनि प्रस्तुत गरेको थियो ।
विशिस्ट अतिथि साधुराम महर्जन तथा प्रमुख अतिथि ज्ञानेन्द्र कुमार यादवले उपस्थित दर्शकलाई छाला र आँखा दान गर्न प्रेरित गर्नुभयो साथै यस्तो कार्यक्रममा गर्ने गराउने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]