२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

लागू औषधिसहित भन्सारबाट एक युवक पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

बिरगंज । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधिसहित एक युवकलाई पक्राउ गरेको छ ।

पर्साको बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका १५ भेडियाही बस्ने मानिचन पासवानको छोरा बर्ष २० को जितेन्द्र पासवान रहेको प्रहरीले जनाएको छ । उनको साथबाट लागु औषध ईन्जेक्सन डाईजेपाम २०० नुर्फिन २०० पिस र फेनारगन २०० पिस फेला परेको थियो ।

लागु औषध सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]