०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

सांसद साहले बुद्ध एअर काउण्टरमा तोडफोड गर्दै कर्मचारी कुटे

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता, जनकपुरधाम।विमान ढिलो भयो भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका छन ।

बिहान ११ः४० को जनकपुरधामबाट उडने विमान दिउंसो डेढ बजेसम्म नआउंदा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट समेत गरेका छन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउंदा एकजना किडनीका विरामीलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएकाले बिरामी छटपटाई रहेको कारण सो अवस्था हेरेर आफू आक्रोशमा बुद्ध एअरको काउण्टरमा तोडफोड गरेको संचारकर्मीहरु समक्ष स्वीकार गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत यसप्रति कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले भने ।
विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटनाहरु हुँदै आएपनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरेका छन् ।
यता विरामी चौधरीले आफु विहान ११ बजे नै आए पनि दिउसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेश आएको बताएका छन ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाडौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको बताएका छन् ।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढनबाट रोकेका थिए ।
सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । घटना उग्ररुप लिएपछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानबाट काठमाडौ पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]