०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

लाहानको हिलाम्मे सडकको कारणले स्थानीय सास्तीमा

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

मनोज बनैता, लाहान । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीय वासी सास्ती भोग्न बाध्य छन ।

दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लाहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो । पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ ।

नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै बिकासका पुर्वाधारको छाट्काट देखिएको छैन । कैयौं पटक नगरपालिका लाई सडक बनाईदिन निवेदन दिएपनी नगरपालिका ले कुनै टेरपुछर नलगाएको स्थानीय बताउँछन् ।

नाम नखोल्ने शर्तमा कृष्णाटोलको एक नेकपा कै कार्यकर्ताका अनुसार नगरपालिका अधिकारी सङ्ग कुरा गर्दा यहाँ बसाइँसराइ नगरेकाहरुको बसाइँ रहेको र उनीहरु नगरको भोटर नहुनुको कारणले दुःख भोग्नु परेको हो ।

दिनहुँजसो गाडीहरू यस टोलको हिलाम्मे सडकमा फस्ने र स्थानियको सहयोगमा निकालिने गरिन्छ । मोटरसाइकल चालकहरुको पनि आफ्नै पीडा छ यहाँ । यस टोलका अधिकान्स वासीहरु शिक्षक पेशामा आबद्ध छन । बिहान विधालयको लागि मोटरसाइकल लिएर हिडदा जुत्ता फुकालेर हिलो छल्नुपर्ने बाध्यता छ । लाहान नगरको समृद्धिको सपना देख्ने जनप्रतिनिधि यस्ता समस्याबाट पन्छिन खोज्नु स्थानीयको लागी चिन्ताको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]