०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनमत पार्टी बाकेद्वारा “नेतृत्व विकास” सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन।

फोटो: इर्फान शेख

अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरुको जिवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका सदस्य ईरफान शेष र प्रशिक्षकको रुपमा अब्दुल खाँनले जिल्लाका आबद्ध १ सय भन्दा बडी कार्यकर्ताहरुलाई सहभागि गराइ प्रशिक्षण दिइएको एक सदस्यले बताएका छन् ।

विष्णु यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मोहम्मद हुशेन शाह, जाबिर हल्वाइ, अनवर खाँ आजाद, रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह, अब्दुल वाहिद शेष लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिदै आईरहेको छ ।

उक्त कार्यक्रममा जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता ए.के.आजादले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]