मनोज बनैता, लाहान, २ कार्तिक । लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई जिल्ला अदालत सिरहाले पक्राउ पत्र आएको सूचना प्राप्त भएको छ । अदालत बाट आएको पत्र ईलाका प्रहरी कार्यालय लहान ले बुझेको खुलासा भएको छ ।
वडाध्यक्ष चौधरी माथि लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव गरेको आरोप छ । ०७५ कात्तिक ११ गते उक्त मन्दिर तोडफोड गरिएको थियो । वडाध्यक्ष चौधरीमाथी धर्म सम्बन्धि कसुर र जातीय भेदभाव गरेको कसुरमा मुद्दा दर्ता भएको जानकारीमा आएको छ ।
वडाध्यक्ष चौधरीको अनुसार ‘सरकारी वकिलमा मुद्दा गइसकेको छ । यो प्रहरीको नभई अदालतको सरोकारको विषय हो । उनले स्पष्ट रुपमा भने कि ‘देशको न्यायीक ब्यवस्थालाई म सम्मान गर्छु तसर्थ अदालतले जे निर्णय गर्छ, त्यो शिरोधार्य हुनेछ । ‘
अध्यक्ष चौधरीको अनुसार मन्दिर भत्काउन मेयरकै निर्देशन र लहान नपाको नगरप्रहरी प्रमुख शम्भु बस्नेतको नेतृत्वमा जेसिबी लगाई मन्दिर भत्काईएको हो । मुद्दा व्यक्तिगत रिसिबिका कारण वडाध्यक्ष जस्तो सम्मानित ब्याक्तित्वको राजनैतिक छवि धमिल्याउन लगाइएको हो ।
वडा २० का स्थानीयका अनुसार अध्यक्ष चौधरी एक क्षमतावान विकासप्रेमि नेता हुन जसले भत्ता को रकम समेत विपन्न दलित समुदायको बच्चाहरुको पढाईलेखाईमा तथा टियुसन कक्षा चलाउनमा खर्च गर्ने गरेको छ । उनीहरुको दावी छ कि भावी लहान नगरका मेयरका दावेदार २० का वडाध्यक्षलाई राजनीति छवि गिराउनलाई यस्तो गतिविधि गरिएको हो ।